बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शनिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०/११ वर्षका छोरा सुमित थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।
उनलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको अर्यालको भनाई छ ।