July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:४७
राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट
  • अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर
  • अधिवक्ताहरूले दायर गरेका रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न
  • न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिट बिहीबार दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए । अधिवक्ताहरूले दायर गरेका रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाएका छन् ।

मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले शुक्रबारको पेसी तोकेको छ । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएपनि गर्भनर अधिकारीले स्नाकोत्तर नगरेको दाबी गरिएको छ । न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने भन्दै अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ । गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्