sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

६७ जुवाडेलाई प्रहरीले मुद्दा चलाएर मात्र टिका लगाउन छोड्यो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:३३
६७ जुवाडेलाई प्रहरीले मुद्दा चलाएर मात्र टिका लगाउन छोड्यो
  • जुवातास खेल्ने ६७ जनालाई पक्राउ
  • मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेकोले पक्राउ परे 
  • ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद

काठमाडौं ।।

ललितपुर प्रहरीले दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसएसपी शाहको भनाइ छ ।

“हामीले आफ्नै घरमा मनोरञ्जनको लागि तास खेल्नेहरूलाई पक्राउ गरेका होइनौं । पैसा हारजित हुनेखालका जुवातास नियन्त्रण गरेका हौँ,” शाहले भने । यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन् । उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ ।

तिहारमा पक्राउ परेकालाई टीका लगाउन दिइयो

ललितपुर प्रहरीले तिहारमा पक्राउ परेका जुवाडेहरूलाई भने दिदीबहिनीको हातबाट टिका लगाउन छुट दिएको छ ।अघिल्लो दिन पक्राउ परेका आठजनालाई भाइटिकाको दिन टिका लगाउन घर फर्काएको हो । जिल्ला प्रशासनको निर्णयअनुसार नै पक्राउ परेकाहरूलाई मुद्दा चलाएपनि पछि हाजिर हुने गरी छोडिएको हो । प्रहरीले प्रमाण नष्ट नहुने प्रकृतिको मुद्दामा हाजिर जमानीमा छोड्नु सामान्य प्रकृया भएको उनले बताए ।

एसएसपी शाहले भने, “तिहारअघि नै हामीले यो निर्णय गरेका हौँ । जुवातासमा पक्राउ पर्नेहरूलाई दिदीबहिनीको हातबाट लगाउने टिका नछुटोस् भन्ने हो । त्यहीँअनुसार गरेका हौँ । तर, उनीहरूलाई छोडेपनि जुवा मुद्दामा भने दर्ता गरेका छौंँ ।”

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid