April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

भारतमा कोरोना सङ्क्रमित बढ्दै, थप चार जनाको मृत्यु

  • साझा परिवेश
  • शनिबार, पुस ७, २०८० १६:२0
भारतमा कोरोना सङ्क्रमित बढ्दै, थप चार जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ५० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५२ नयाँ सङ्क्रमित थपिएका छन् । ३२५ जना निको भएका छन् भने ४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । देशमा सक्रिय केसको सङ्ख्या ३ हजार ४२० छ । एक दिन अघि यो सङ्ख्या २ हजार ९ सय ९८ थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार केरला राज्यहरूमा सबैभन्दा बढी ५६५ मामिलाहरू छन् । त्यहाँ थप २ जनाको मृत्यु भएको छ । २६६ जनाको उपचार भइरहेको छ । सक्रिय केसहरूको सन्दर्भमा, कर्नाटक ७० केसहरूसँग केरला पछि दोस्रो छ। कर्नाटक र राजस्थानमा १–१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो एक महिनामा विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको छ । नोभेम्बर १९ देखि डिसेम्बर १७ सम्म ८ लाख ५० हजार सङ्क्रमित र ३ हजारको मृत्यु भएको छ । तर, यो एक महिनामा मृत्युदर ८ प्रतिशतले घटेको छ । यसको मतलब गत महिना कोरोनाका कारण ८ प्रतिशत बढी मानिसको मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • शनिबार, पुस ७, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट