May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

पोखरामा पुस २५ र २६ गते जलपक्षी गणना

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १५:0३
पोखरामा पुस २५ र २६ गते जलपक्षी गणना

कास्की – पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पक्षीकाे गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीकाे अवस्था, हिउँदे आगन्तुक जलपक्षीकाे तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पक्षी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीकाे सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपक्षी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवम् पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपक्षी गणना शुरु गरिएको हो ।

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपक्षी गणना गरिँदै आइएकाेमा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पक्षी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पक्षी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।

उपत्यकाले जलपक्षी गणनाको २० औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीकाे सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपक्षी रहेका छन् ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी ठाउँमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपातालमा र २६ गते फेवाताल र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।