June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० 0९:४६
दमकको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

झापा। झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ ।

आईतबार (आज) बिहान ३ बजेको समयमा झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर C4 छाप्रा नं. ५३५ बस्ने भिम बहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट मानविय तथा चौपाया क्षति नभएपनि ३ वटा घर, घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात र काठसमेत जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको प्रवक्ता रिजालले बताउनुभयो । शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा ४ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट