May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कतार सरकारले मृत्युदण्ड सुनाएको झापाका राउत घर फर्किए

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:३५
कतार सरकारले मृत्युदण्ड सुनाएको झापाका राउत घर फर्किए

विर्तामोड। कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किएका छन ।

तीन वर्ष पहिले आफ्नै काेठामा बस्ने खोटाङ् ऐंसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

राउले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताए । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफू निर्दोष रहेको राउतले बताउँदै आउका थिए । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको बिजोग भएको थियो ।

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन वर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको छ ।

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपियाँ रकम सङ्कलन गरेको थियो । राउत स्वदेश फर्काएसँगै आइतबार गाउँमा भव्य स्वागत गरिएको छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका कृषिमन्त्री हीराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष राेशन सुवेदीलगायातले स्वदेश फर्किनुभएका राउतलाई स्वागत गरेका हुन ।

कार्यक्रममा आफू यसरी स्वदेश फर्किएर आउँछु भन्ने विश्वास नलागेको अब कहिल्यै पनि विदेश नजाने स्वदेशमै केही गर्ने सोच बनाएको राउतले बताए ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट