May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

घरजग्गामा पूँजीगत लाभकर नै अन्तिम कर हुने

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १६:१५
घरजग्गामा पूँजीगत लाभकर नै अन्तिम कर हुने

काठमाडौं ।।

आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।

  • नियमअनुसार दाखिला गरेमा ५ प्रतिशत 
  • ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम
  •  विवरण पेश गर्दा ५० प्रतिशत छुट

विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको बताएको हो । त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने आन्तरिक राजस्व विभागले बताएको छ ।

अर्थमन्त्री डा. प्रकशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरको आर्थिक विधेयकमा प्राकृति व्यत्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश गरेको छैन भने आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९  सम्मको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिने बताएका थिए ।

साथै उनले आर्थिक वर्ष २०७६-७७ भन्दा अगाडिको त्यस्तो आयमा कर मिनाहाको घोषणा गरेको थिए । त्यससँगै व्यावसायिक रुपमा सेयर र घरजग्गाको कारोबार गर्नेहरु ३ वर्षको आय विवरण पेश गरी कर तिर्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई रोक्न लबिइङ गरिरहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट