May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुइमार्फत औषधि दिएको ५ मिनेटभित्रै मृत्यु भएपनि औषधिको गुणस्तरमा समस्या नरहेको खुलाशा

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १0:५९
सुइमार्फत औषधि दिएको ५ मिनेटभित्रै मृत्यु भएपनि औषधिको गुणस्तरमा समस्या नरहेको खुलाशा
  • सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषय
  • औषधि परीक्षणको गुणस्तरमा कुनै समस्या नभएको पाइयो
  • सुइमार्फत दिइएको औषधि मुख्य कारण नभई संयोग हुन पुग्यो 

काठमाडौं ।।

पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तरमा कुनै समस्या नभएको पाइएको छ । १८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो । चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) दिएका थिए । औषधि व्यवस्था विभागले गरेको अध्ययनमा दुवै औषधिको गुणस्तरमा कुनै समस्या नभएको एक उच्च अधिकारीले जानकारी दिए ।

‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘औषधिको गुाणस्तर मापदण्ड अनुसार नै भएको पाइयो ।’ त्यसैगरी, पोस्टमार्टमको प्रारम्भिक रिर्पोटमा पनि बिरामीमा निमोनिया र कलेजोमा समस्या रहेको पाइएको थियो । यद्यपि फाइनल रिर्पोट भने आइपुगिनसकेको छैन । पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् ।

‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’ बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट