sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिरामी महिलाको मृत्युपछि उत्पन्न तनाव सहमतिपछि मनमोहन अस्पतालमा साम्य

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १८:२३
बिरामी महिलाको मृत्युपछि उत्पन्न तनाव सहमतिपछि मनमोहन अस्पतालमा साम्य

अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव साम्य भएको छ । दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा बिरामीको मृत्युपछि उत्पन्न समस्या समाधान भएको छ ।

मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पिडीतपक्ष बिच सहमति भएपछि समस्या समाधान भएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको सव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताएका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार (आज) भएको छलफलमा उक्त सहमति भएको मृतकका भाञ्जा दंगालले जानकारी दिए ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बास्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा हिजो बेलुका साँझ मृत्यु भएको परिवारले जनाएका छन् ।

उपचारमा लापरबाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरेर अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा भीड बढेपछि प्रहरीले सुरक्षा ब्यवस्था बढाएको थियो ।

खुट्टा सुन्निएर सोमवार विहान ८ः३० बजे उपचारका लागि अट्टोमा चडेर आफै हिडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको मृत्यूका अर्का भान्जा युवराज घिमिरेले जानकारी दिए । नर्वदाको मृत्युपछि आफन्त पक्षले आज दिनभर अस्पताल बाहिर नारावाजी गर्दै बिरोध जनाएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid