May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२१
गोही अनुगमनका क्रममा नारायणीमा भेटियो डल्फिन

चितवन । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो । गोलाघाटबाट र्याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ थियो ।

योसँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन् । नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो । अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन् ।

तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ । नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो । बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम छ ।

अधिकृत श्रेष्ठका अनुसार नारायणी नदीको भेलौजी क्षेत्रमा समेत भाले गोही रहेको अनुमान छ । राप्ती नदीमा एक सय ४८ वटा गोही देखिएका छन् । नारायणी नदीमा दुई दिनमा एक सयवटा गोही देखिएको उनले जानकारी दिए । अबको दुई दिन नारायणी नदी र एक दिन बूढीराप्तीमा अनुगमन गरिँदै छ ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।