May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुम्बईको एक कारखानामा भीषण आगलागी, ६ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १0:३३
मुम्बईको एक कारखानामा भीषण आगलागी, ६ जनाको मृत्यु

महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । सो आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।

छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा करिब २ः१५ बजे देखि आगलागी सुरु भएको दमकल विभागले जनाएको छ ।

यसअघि भवनभित्र कम्तीमा ५ जना कर्मचारी फसेको स्थानीयले दाबी गरेका थिए । तर, दमकल विभागका अधिकारीहरूले पछि आगलागीमा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

आगलागी हुँदा कारखाना बन्द रहेको र केही कामदार भित्र सुतिरहेको मजदुरले बताए । ‘आगो लाग्दा १०–१५ कर्मचारी भवन भित्र सुतिरहेका थिए। केही भाग्न सफल भए तर कम्तिमा पाँच जना भित्र फस्न पुगे,’ एक कर्मचारीले भने ।

यसैबीच आगो निभाउने काम भइरहेको र आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट