July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ २0:२५
इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।

इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको चार दिनपछि प्रजिअलाई ज्ञापन पत्र बुझाएको हो ।

समितिले जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसंग समेत पहलका लागि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको नाममा ५४० कित्ता नम्बर भएको ६ कट्ठा जग्गामा आयुर्वेद अस्पातलको लागि जमिनको स्वामित्व दिन अनुरोध सहित जिल्ला प्रशासन कार्यालयसंग आग्रह गरिएको छ ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि डीपीआर निर्माण कार्य गर्न बजेट समेत विनियोजन गरेकोमा आफ्नै जग्गा नहुदाँ कार्य अलपत्र परेकाले स्थानीयहरुले पहल थालेका छन् ।

पहल स्वरुप इनरुवा नगरपालिका २ नम्बर वडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एवम् पाँच शैयाको अस्पताल सहितको कार्यालय बनाउन माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाक्रर्षण गराएको छ ।

इनरुवा २ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अस्पताल सहितको कार्यालय बनाउन आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको थियो ।

यसैबीच जसरी पनि इनरुवा नगरपालिका क्षेत्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पताल बनाउन दबाव दिन भजनलाल मेहताको नेतृत्वमा दबाव समिति गठन गरेको छ ।

अस्पताल बनाउन तथा निर्माण गर्न डिपिआरको काम अगाडि बढाउन भन्दै मेहताको संयोजकत्वमा २१ सदस्य दबाव समिति गठन गरेको सदस्य दिलिपचन्द साहुले जानकारी दिनुभयो ।

इनरुवाका स्थानीयहरुको भेलाले बनाएको दबाव समितिको सहसंयोजकमा राजाराम पंडित, सचिवमा वीरेन्द्र साह र सदस्यहरुमा रहिम साँ, कैलास राय, सम्भु पंडित, भुपेन्द्र यादव, प्रकाश मेहता, सियाराम यादव, रामदेव मंडल, अप्पु यादव, महेन्द्र साह, रन्जेश भट्टराई, जोगेन्द्र शर्मा, सन्तोश पंडित, रंजित पोदार, रविन्द्र यादव रहेको छ । त्यसैगरी अन्य सदस्यहरुमा सम्भु ठाकुर, जयकृष्ण यादव, उपेन्द्र साह, दिलिपचन्द साहु, विष्णु शर्मा, राजेन्द्र पंडित, जितेन्द्र यादव, रामकिसुन साह सहितका रहनुभएको छ ।

समितिले यो आर्थिक वर्षमा आयुर्वेद अस्पातल निर्माण पहल गर्ने संयोजक मेहताले बताउनुभयो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्