May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:३६
गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त
  • सैन्य हमला तीव्र र ठूलो जनधनको क्षति
  • सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा तथ्य सार्वजनिक
  • दर्जनौं आतंककारीहरूलाई मारेको खुलाशा 

तेल अवीव ।।

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् । प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू  लगातय समावेश छन् ।

यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतंककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ । प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ । यद्पि त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।यसैबीच, इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा थुप्रै आतंकवादी कक्षहरू र पूर्वाधारहरूमा आक्रमण गरेको  इजरायली सेनालाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

गाजा सहरका सेनाले गत दिन विभिन्न ठाउँमा दर्जनौं आतंककारीहरूलाई मारेको बताइएको छ । सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर  बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ । टाइम्स अफ इजरायलले चिकित्सक र प्यालेस्टिनी पत्रकारहरूलाई उद्धृत गर्दै मध्य गाजामा रहेको नुसेरात शिविरमा हवाई हमला भएको बताएको छ । यस क्षेत्रमा पछिल्लो समय सैन्य हमला तीव्र भनेको छ र ठूलो जनधनको क्षति भइरहेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।