April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै

जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:0४
जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने

झापा, ७ असोज : दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।

दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतार्नुभएको छ । यही कथालाई नै नाटकीरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा पहिलो समूहका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।

कदम थिएटरले गत जेठ २४ गतेदेखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’को मञ्चन गर्नका लागि पूर्वाभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिनुभयो ।

रङ्गकर्मी बरालले यस कथालाई नाटकको रूपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताउनुभयो । उहाँले २० वर्षभन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आउनुभएको छ । उहाँले आधा दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकको जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।