sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्राधिकरणलाई १ रुपैयाँ पनि तिर्न बाँकी छैन : गोल्यान

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:१५
प्राधिकरणलाई १ रुपैयाँ पनि तिर्न बाँकी छैन : गोल्यान
  • उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई
  • एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर
  • “रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु”  

काठमाडौं ।।

उद्योगी पवन गोल्यानले आफूले नेपाल विद्युत् प्राधिकरणलाई कानुनसम्मत एक रुपैयाँ पनि तिर्न बाँकी नरहेको जिकिर गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विद्युत् प्राधिकरणले कानुनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए । रिलायन्स स्पिनिङ मिल्सले विद्युत् महसुलको कुनै रकम तिर्न बाँकी नरहेको उनले स्पष्ट पारे ।

“रिलायन्स स्पिनिङ मिल्सको एक सुका पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु,” उनले भने, “प्राधिकरणले हावादारी रूपमा फर्जी बिल पठाएर हुँदैन । डीओडी बिलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरूलाई भारी बोकाउन मिल्दैन ।” उनले अरू धागो उद्योग समस्यामा परेका कारण त्यसको सजायस्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको जिकिर गरे । अब उद्योगी–व्यवसायी मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै उनले प्रश्न गरे । आफू कुनै पनि महिनाको विद्युत् महसुल बाँकी नराख्ने ग्राहक रहेको उनको भनाइ छ ।

उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर ‘सेन्टिमेन्टल’ कुरा गरेको टिप्पणी गरे । उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगारी दिनु अपराध हो ? भन्दै उनले प्रश्न गरे । उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने उनले बताए । भएका उद्योग सबै बन्द गराउने काम सरकारले गरिरहेको उनको भनाइ छ । डेडिकेटेड र ट्रंक लाइनको महसुलको विषयमा चार अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको आरोप उनले लगाए ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid