May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

राष्ट्रियसभामा फेरियो दलीय हैसियत : राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १२:१९
राष्ट्रियसभामा फेरियो दलीय हैसियत : राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि विहिवार भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् ।

कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ ।

गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ । यता हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका छ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ ।

आगामी फागुन २१ मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट उक्त सिट स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन् । १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुने देखिएको छ ।

कसको कति मत ?

कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गरिन् । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।

यसैगरी मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित भए । ढुंगाना ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् ।

बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन् । यो प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी बन्दा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित बनिन् ।दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाए । अन्यतर्फ, नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेते ६ हजार ५३१ मतभारसहित निर्वाचित बन्दा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारमा सीमित बने । अल्पसङ्ख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत ल्याए ।

गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए । यो प्रदेशमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन् । श्रेष्ठले ३ हजार ८०८, परियारले ३ हजार ७७९ र मनरुपाले ३ हजार ६६० र मतभार पाउँदै निर्वाचित भए ।

एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभारमात्र पाइन् । लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन् । सापकोटाले ५४३५ मत भार प्राप्त गर्दै विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन् ।

राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारहरू पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरू विजयी भए । कर्णालीमा दलित, महिला र अन्य कोटामा निर्वाचन भएको थियो । जसमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन् । मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्ली प्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । चन्द ४ हजार ४५३ मतसहित निर्वाचित भइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

बालेन, हर्क र गोपीले गरे मतदान बहिस्कार

गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् ।

कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए । स्थानीय निर्वाचन स्वतन्त्र जितेका उनीहरु दलका उम्मेदवारलाई मतदान गर्न नभएको बुझिएको छ । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।