May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालकुमारी घटनाको जाँचबुझ आयोग गठन गर्दै सरकार

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:३१
बालकुमारी घटनाको जाँचबुझ आयोग गठन गर्दै सरकार
  • सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति
  • उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने
  • आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने

काठमाडौं ।।

सरकारले बालकुमारी घटनाको छानबिनका निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् । सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

“जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “भोलि मिति २०८०-९-१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।”

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसितको झडपमा दुई युवकको मृत्यु भएको थियो । त्यसअघि, प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । आगजनीअघि सुरक्षाकर्मीले मन्त्री ज्वालालाई गाडीबाट ओरालेर सुरक्षित स्थानमा पुर्‍याइएको थियो ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट