May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक महिलाको मृत्यु

  • साझा परिवेश
  • शनिबार, चैत्र १७, २०८० 0८:५६
झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक महिलाको मृत्यु

झापा । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११:५०मा एउटा हात्ती आएको थियो। हात्ती देखेपछि माया भाग्न खोजिन्। तर, हात्तीले मायालाई लखेट्दै आक्रमण गरेको थिए।

हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। शिवसताक्षी नगरपालिका-११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा चैत १४ गते साँझ दाउरा लिन गएका शिवसताक्षी-११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

  • साझा परिवेश
  • शनिबार, चैत्र १७, २०८० 0८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट