May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १0:५0
जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ ।

मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ ।

याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट