काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० र चाँदी ५ रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिनमा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (मंगलबार) प्रतितोला एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य मंगलबार एक हजार ४६० रुपैयाँ कायम छ । चाँदी हिजो प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।