May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:00
बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

मोरङको कानेपोखरीमा तीन जना सवार मोटरसाइकललाई बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मंगलबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार रहेका दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक क्रस गर्ने क्रममा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी घाइते भएको डीएसपी श्रेष्ठले बताए । गम्भीर अवस्थाका दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ । बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।