October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१४
गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह गर्नुभएको छ । कर्णालीको सबैभन्दा ठूलो समस्या गरिबी भएको भन्दै उहाँले गरिबी अन्त्य गरी आयआर्जन र रोजगार उत्पादन हुने योजनाहरूमा लगानी गर्न कोषलाई आग्रह गर्नुभएको हो ।

नगर विकास कोषले सुर्खेतमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीका नगरपालिकाहरूलाई नगर विकास कोषले विशेष नजर र प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीमा २५ वटा नगरपालिका छन् । नगर विकास कोषले कर्णालीको भौगोलिक अवस्थाका आधारमा योजनामा लगानी गरिदिनुपर्छ ।” उहाँले उत्पादन र रोजगारमूलक योजनालाई प्राथमिकता दिन सुझाव दिँदै शिक्षा, स्वास्थ्य र रोजगार तथा पूर्वाधारको क्षेत्रमा जोड दिन आग्रह गर्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले खानेपानी, पूर्वाधार र आयमूलक योजनामा लगानी गरेको बताउनुभयो । उहाँले नगरहरूलाई व्यावसायिक बनाउन कोषले ऋण दिई जनताले चाहेको विकासको चाहना कोषको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सङ्घ र प्रदेशसँग पनि सहकार्य गर्ने गरी कोषलाई पुनर्संरचना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कर्णाली राजगमार्गले छोएका नगरपालिकाहरू मिलेर कृषि, पूर्वाधार, जडीबुटी प्रशोधन केन्द्रजस्ता योजना बनाएर ल्याए कोष सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घका महासचिव एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगर विकास कोषबाट लिएको ऋणले विकासको चाहना पूरा गर्न सकिने बताउनुभयो । कोषबाट ऋण लिएर नगरपालिकाहरूले धेरै काम गर्न सक्ने सुझाव दिँदै उहाँले ऋण दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख नीलकण्ठ खनाल, नगर विकास कोष सञ्चालन सदस्य तथा आठबिस नगरापालिकाका उपप्रमुख धनकुमारी शाहीलगायतले नगर विकास कोषबाट प्राप्त हुने ऋणको उपादेयताका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्