May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० ११:४४
पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो ।

विभागका प्रमुख डा सिन्धु प्रसाद ढुङ्गानाले पूर्वमा भारतीय हात्तीको बथान आएर वर्षेनी खेतीबारी सँगै धनजनको नष्ट गरेपछि त्यसको दीर्घकालीन समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाउन आफैँ मन्त्रालयमा प्रस्ताव लैजाने बताए ।

उनले भने,‘ हात्तीले दुई जना मारिसक्यो, अहिले तत्कालै त्यहाँ जाँदा समस्या समाधान हुँदैन । बरु के कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे हामी छलफलमै छौँ ।’ उनका अनुसार हात्तीलाई भगाउने नाममा भएका गतिविधिले हात्ती थप रिसाएर मानववस्तीमा प्रवेश गर्दै आएका हुन् ।

हात्तीलाई कसैले पनि नजिस्काए उ आफ्नो बाटो लाग्ने ढुङ्गानाले बताए । अहिले ति हात्तीहरू महोत्तरी हुँदै पर्सा लागेका छन् । ‘ वन्यजन्तु पनि जोगाउनु पर्छ, मानववस्ती सँगै उनीहरूका अन्नपात जोगाउनुपर्छ, तर सजिलो छैन,’ ढुङ्गानाले भने,‘ हात्ती नेपाल प्रवेशमा रोक लगाउने बारे भारतसँग कूटनीतिक पहल थाल्नुपर्ने देखिन्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।