May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ?

अहिले ठुलो आवाज गर्नेहरुले नै जमिन सट्टापट्टाको निर्णय गर्नु भएको हो : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:३९
अहिले ठुलो आवाज गर्नेहरुले नै जमिन सट्टापट्टाको निर्णय गर्नु भएको हो : प्रधानमन्त्री

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । र, आफ्नो भारत भ्रमणले विश्वासको वातावरण बनाएको उनको दाबी छ । बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको बताए ।

उनले अघि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’ भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले भनेका छन् भन्ने सन्दर्भमा मात्र बोलेको उनले बताए ।

सरकारले समय-समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने उनको दाबी छ । ‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय शायद आउँछ, मैले प्रमाण देखाउन सक्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले जो-जो नेताहरुले यो सट्टा भन्ने शब्द आँ पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ ।’

आफूले भने राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी गरे । उनले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘केही नि भएन भन्ने साथीहरु, हिजो सरकारको नेतृत्व उहाँहरुको दल पनि गरेकै थियो । अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरुले के चाहिँ गर्नु भएको थियो ? भएको थियो र केही ?’, उनले भने, ‘उत्पात भयो भन्ने मेरो दाबी होइन, तर एउटा नयाँ सुरुवात भयो ।’

पहिलो पटक दुई जना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिवद्धता जनाउनु ऐतिहासिक भएको उनले बताए । राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल हुने भन्दै उनले अघि भने, ‘एकले अर्कालाई पोलिटिक्स मात्र गरिराखेर यो त बल्झिने मात्र हो, कचिंगल हुने मात्र हो ।’

अहिले बलियो राष्ट्रिय एकता प्रदर्शन गर्दै भएका सहमति ठीक ढंगले कार्यान्वयन होस्, हुन बाँकी पनि छिटो होस् भन्दा मात्र नेपाल बलियो हुने उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।