February 29, 2024 | बिहिबार, फाल्गुन १७, २०८०
सुचनाहरु
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद बिदा हुनुअघि राष्ट्रियसभामा ६ वर्षको अनुभव सुनाउँदै सांसद २८ अंकले घटेर सेयर बजार बन्द विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन बढ्यो सुनको मूल्य, चाँदीको घट्यो १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ नेप्से झिनो अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० 0८:१३
राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।

प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमाा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।