April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:२२
कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

ओखलढुङ्गा, असोज २३ गते । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक वर्ष कैद सजायको फैसला गरेको छ । कटवाललाई एक वर्ष कैद सजायसँगै २५ हजार रुपियाँ जरिवाना र ४० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका स्रेस्तेदार विनोद प्रसाद घिमिरेले बताउनुभयो ।

मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख कटवालले २०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा कटवाललाई प्रहरीले जेठ २ गते पक्राउ गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८० जेठ २३ गते बाल यौन दुर्व्यवहारमा मुद्दा चलाइएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट