काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको ४६ दिनपछि पहिचान खुलेको छ।मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । भारतीय नागरिक उनीहरु भरतपुरमा व्यापार गरी बस्थे भने नाताले श्रीमान श्रीमती हुन्।
हत्याराले पहिला श्रीमान र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ। घटनापछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो।।
मृतक दुवै जना भारतीय हुन् । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।