May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १४:२९
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ । घटनामा कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठुलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्