May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

मेयर बालेनले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० 0९:१0
मेयर बालेनले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिले छानबिन नसकिन्जेल कार्यालयमा हाजिर नहुन भनेकोमा सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताला लगाउन निर्देशन दिएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर देखिई सकेपछि छानबिन चलिरहेको क्रममा फर्किने भन्ने कुरा हुँदैन’ बालेनका स्वकीय सचिव भूपदेव साहले बताए ।

‘कानुनअनुसार छानबिन भइरहेको बेला उहाँको कार्यकक्ष खुल्ने भन्ने कुरै हुँदैन’ स्वकीय सचिव साहले भने ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।