April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय नेप्से १५ अंकले घट्यो आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ? विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १0:१५
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले सार्वजनिक कार्यक्रमहरुमा यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइसकेका छन् ।

यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।