December 3, 2024 | मङ्लबार, मंसिर १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या, बाबु दिलबहादुर राई पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० ११:४४
खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या,  बाबु दिलबहादुर राई पक्राउ

विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबीच सोमवार राति घरेलु विषयमा विवाद भएको थियो । त्यस क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि गाउँलेले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्