June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:१५
गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

गनेश कुमार यादव
इनरुवा । भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज्मल अक्तर अजादले श्री आधारभूत विद्यालयकाे खाता राेक्का गरेका छन् ।
भाेक्रहा नरसिंह गाउँपालिकाका अध्यक्षले आफैं पत्र काटी उक्त विद्यालयकाे खाता राेक्का गरेका हुन् ।

उक्त विद्यालयमा अङ्ग्रेजी बिषयकाृ शिक्षकाे ठाउँमा गापा अध्यक्षले सामाजिक बिषयकाे शिक्षक पठाएका थिए तर विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षले उक्त सामाजिक बिषयका शिक्षकलाई हाजिरी नगराएपछी गापा अध्यक्षले उक्त सामाजिक बिषयका शिक्षकलाई हाजिरी गराउन दवाव दिंदै आएका थिए ।

प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्ष गाउँपालिकाका अध्यक्षकाे दवावमा नआइ उच्च अदालतमा मुद्दा दायर गरे र उच्च अदालतले विषयगत शिक्षक पठाउने अन्तरिम आदेश दिएकाे थियाे ।

उच्च अदालकाे अन्तरिम आदेश आएपछि गाउँपालिका अध्यक्षले उक्त विद्यालयकाे खाता राेक्का गर्न भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई माैखिक आदेश दिएर उक्त विद्यालयकाे खाता राेक्का गरेकाे थियाे ।

उक्त कुरा जानकारी पाएलगत्तै नेविसंघ सुनसका पदाधिकारीकाे टाेली उक्त विद्यालय पुगि सत्यतथ्य बुझ्न पुगकाे थियाे । विद्यालयका प्रअ तेजनारायण साहले उच्च अदालकाे अन्तरिम आदेश आएपछि विद्यालयकाे खाता राेक्का भएकाे र अरु केही कुराहरु आफुलाई जानकारी नरहेकाे बताए ।

उक्त कुराबाे बुझ्न ने.वि.संघ सुनसरी बहुमुखी क्याम्पसका पदाधिकारीहरु भाेक्राहा नरसिंह गाउँपालिका पुगे । गापा पुगेर प्रमुख प्रशासकीय अधिकृत सुवर्ण धिमिरेलाई विद्यालयकाे खाता के कारण किन राेक्का गरिएकाे छ? भनी प्रश्न गर्दा उनले आफुलाई गापा अध्यक्षले माैखिक आदेश दिएकाे र आफुले राेक्का गरेकाे बताए ।

उनकाे जवाफ सुनेपछि नेविसंघका पदाधिकारीहरुले गापा अध्यक्षले लिखित रुपमा आदेश दिएकाे छ भने  देखाउनुस्   भने । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले लिखित रुपमा आदेश नदिइ माैखिक रुपमा दिएकाे भनेपछि उनलाई नेविसंघका पदाधिकारीहरुले माैखिक रुपमा खाता राेक्का गर्न पाउनु हुन्न भनेदै खाता पुन: सञ्चालन गरिदिन अनुराेध गरे ।

प्रमुख प्रशासकीय अधिकृतले आफ्नाे गल्ती महशुस गर्दै खाता सञ्चालन गर्न बैंकलाई पत्र काटी उक्त विद्यालयका प्रअ तेजनारायण साहलाई हस्तान्तरण गरे ।

दुई दिन नबित्दै गाउँपालिका अध्यक्ष आफैं पुन: उक्त विद्यालयकाे खाता राेक्का गर्न पत्र काटी खाता राेक्का गराएका छन् ।

विद्यालयकाे खाता राेक्का हुँदा पाठ्यपुस्तक खरिद गरणन तथा विद्यार्थीहरुलाई खाजा खुवाउन विद्यालय परिवारलाई सकस भैरहेकाे छ भने सम्बन्धित निकायहरु माैन बसेका छन् ।
उक्त विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी र गणित बिषय काु शिक्षक नभएका कारण उक्त विषय पढाइ भ‌रहेकाे छैन ।भनै गापा अध्यक्ष विद्यालयमा राजनीति र विद्यार्थीहरुकाे भविष्य संग खेलवाड गर्नमै व्यस्त छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।