April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १५, २०८० १६:४७
भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ ।

महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ ।

घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने र उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु, सांसदहरुसहितका विशिष्ट ब्यक्तिहरु उपस्थित हुने महानगरले जनाएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरू बद्री पंगेनी, राजु परियार, एलिना चौहान लगायतको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशनी गरिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

महानगरपलिकाका २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न समाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुने नगर प्रमुख दाहालले जानकारी दिइन् । छन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १५, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।