May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १४:२0
भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आउनुभएका थिमिका सञ्जय था श्रेष्ठले बताए ।

यसअघि एकसय ६ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौँ उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखीकरण गरिएको थियो । बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए ।

यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने चरा पनि भेटिँदै आएका छन् । गत मङ्सिरमा पनि यही ठाउँमा दुर्लभ पाहुना चरा स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएर अभिलेखीकरण गरिएको थियो । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना सुरु गरिएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।