May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १0:२९
विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठलेविपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो ।

२६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए ।

‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्युनिकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललेहरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।