May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

उम्मेदवारका हर्कतले गर्माएको माहोल

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४0
उम्मेदवारका हर्कतले गर्माएको माहोल

काठमाडौं । वैशाख १० को उपनिर्वाचनका लागि दलहरुको दौडधुप तीव्र छ । चितवन, बारा र तनहुँका लागि दलहरुले चुनाव लक्षित कमाण्डर खटाएका छन् ।
निर्वाचन लक्षीत सभा सम्मेलनले तीव्रता पाउँदा निर्वाचन प्रचारकहरु आफ्नो जित सुनिश्चित रहेको दावी पनि गरिरहेका छन् । यसले उपनिर्वाचनलाई थप रोचक बनाउँदै लगेको छ ।

आउँदो उपनिर्वाचनका लागि राष्ट्रि«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन २ को चर्चा बढीनै छ ।

उम्मेदवार र नेताहरुका दिनहुँका नयाँ–नयाँ हरकतले यो क्षेत्रको चर्चा दिनहुँ हुनेगर्छ ।

नेताहरुबिच आरोप प्रत्यारोपको श्रृङ्खला समेत चर्को छ । यसैक्रममा शनिवार नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछाने पराजित हुने दाबी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर गरे ।

नेपाली कांग्रेसको आन्तरिक खिचातानीले तनहूँलाई थप रोमाञ्चक बनाउँदै लगेको छ ।

तनहुँ कांग्रेसका गोविन्दराज जोशी समुहले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गरेपछि कांग्रेस निराश बनेको छ । कांग्रेसी मत विभाजन र रास्वपा कांग्रेस लडाईँको फाइदा एमालेलाई पुग्ने हो कि भन्ने आशा एमाले पंक्तिमा पलाएको छ ।

कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवारी दिएका डा. वाग्ले भर्सेस कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको लडाईँमा नेकपा एमालेले सकारात्मकता देखेको छ । मतपरिणामको हिसाबले सबैभन्दा प्रतिस्पर्धात्मक तनहुँ १ बनेको छ ।

यता बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्न जनमत अध्यक्ष डा. सिके राउतको हरसम्भव प्रयास जारी छ । तर शनिबारमात्र तिनवटै क्षेत्रमा गठबन्धनकै उम्मेदवारलाई विजयी गराउने सहमति सत्ता गठबन्धनमा बनेको छ ।

कांग्रेस माओवादी इमानदार भए उपेन्द्र यादवको पल्ला भारी हुने देखिएको छ ।

अर्कोतर्फ शनिवारनै डा. सिके राउतले कांग्रेसको साथ आफुलाई हुने संकेत गरेका छन् । उपनिर्वाचन र मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेससँग सहमति भएको संकेत राउतको छ । राष्ट्रि«य स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले पनि आफ्नो सशक्त दावी रहने अभिव्यक्ति दिँदै आएका छन् ।

तीन निर्वाचन क्षेत्रको माहोल रोमाञ्चक बन्दै गएको छ । खासगरी केहि दिनअघिको टेलिफोन संवादको अडियो प्रकरणका कारण राष्ट्रि«य स्वतन्त्र पार्टीको माहोल केहि कमजोर बनेको हो कि भन्ने आशंका पनि देखिएको छ । तर यसलाई भ्रामक बताउने गरेका छन् ।

तिनवटै क्षेत्रमा आफ्नो पकड बलियो रहेको दावी रास्वपा सभापति लामिछानेले बताउने गरेका छन् ।

चितवनमा लामिछानेलाई स्वयं आफ्नो मत रक्षा गर्ने चुनौती, तनहुँमा त्रिपक्षीय भिडन्त र बारामा उपेन्द्र भर्सेस सीके राउतको जुँगाको लडाईँले आउँदो उपनिर्वाचनलाई थप रोमाञ्चक बनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।