April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

झापाको बिर्तामोडमा बेलुन फुलाउने सिलिन्डर बिस्फोट, एकजनाको खुट्टा चुँडियो

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:४५
झापाको बिर्तामोडमा बेलुन फुलाउने सिलिन्डर बिस्फोट, एकजनाको खुट्टा चुँडियो

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको लागि ‘वी एण्ड सी’ मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।