July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता गर्ने तयारी

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:५६
कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता गर्ने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । शनिबार प्रदेश सरकारले बनाएको वार्ता समितिले प्रदेशको नामकरणको विषयमा असन्तुष्ट देखिएको पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी सुरु गरेको हो ।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वार्ता समितिका संयोजक कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार वार्ता समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैठकले पहिचान पक्षधरसँग के–कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने छ । वार्तामा संघर्षको रूपमा अघि बढेको प्रदेश नामकरणको विषयलाई संविधानप्रदत्त अधिकारमा अधिनस्त रहेर ‘सेफ ल्यान्डिङ’ गराउने विषयमा सरकारको जोड रहने उनको भनाइ छ ।

भौतिक पूर्वाधार विकास मन्त्री जवेगुले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने बताए । प्रदेश नामकरणको विषयलाई शान्तिमा अवतरण गराउन कोशी प्रदेश सरकारले कुनै कन्ज्युँस्याई नगर्ने उनले बताए ।

‘अहिले कानून मन्त्रालयका सचिव बाहिर हुनुहुन्छ, भोलि उहाँ आएपछि औपचारिक रूपमा बैठक बस्छौं,’ उनले भने, ‘भोलि नै प्रारम्भिक चरणको वार्ताका लागि आह्वान हुन सक्छ । तथापि, नामकरणको विषयमा यति चाँडै निर्क्यौल हुन्छ भन्ने छैन ।’

‘वार्तामार्फत उहाँहरूको मागअनुसार संविधान अधिनस्त कतिसम्म पूरा गर्न सकिन्छ कानुनविद्सगँ परामर्श लिन्छौं,’ उनले थपे, ‘सबै दलसँग समन्वय गरेर विधानअनुरूप सहज बनाउने प्रयास गर्छौं ।’

आफू प्रदेश सरकारको नेतृत्व गर्दै वार्तामा होमिएको बताउँदै उनले भने, ‘अहिले सरकारको मन्त्री भएको नाताले प्रदेश सरकारको नीतीविरुद्ध गएर वार्ता गर्दिनँ ।’

यस्तै, वार्ता समितिका सदस्य तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले वार्ता समिति पवित्र उद्देश्यले बनेको बताए । ‘वार्ता समिति समस्यालाई अल्झाउनका लागि बनेको होइन, पवित्र उद्देश्य लिएर बनेको हो,’ उनले भने, ‘सकेसम्म नामकरणको समस्या समाधान गरेरै छोड्छौं ।’

समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैैठकले औपचारिक पत्र पठाएरै पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गर्ने बताइएको छ । पहिचान पक्षधरहरूले मितिसहित पत्रको जवाफ पठाएपछि प्रदेश सरकारले समय तोकेर वार्ता राख्ने जानकारी दिइएको छ ।

कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेको थियो । कोशी नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।

त्यसयता पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् । सो आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको गत वर्षको चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको थियो ।

मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका छन् । किरात सभ्यतालाई शीरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट