May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १८:0९
विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने

काठमाण्डाै – भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् । याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

क्रिकेटकाे ३ वटै फर्म्याट (टेस्ट, एकदिवसीय र टी–२०) मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनकाे नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित याे उपलब्धि हासिल गरेका हुन् । सर्वाधिक शतककाे दाेस्राे नम्बरमा रहेका काेहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी–२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।