काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो ।
दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमागि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो ।