May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही

  • साझा परिवेश
  • शनिबार, माघ १३, २०८० 0९:१७
स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही

काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो ।

उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको जीत हासिल गरेको थियो । पाकिस्तानले ब्याटिङ गरिरहँदा १४ औँ ओभरमा भण्डारीले गलत तरिकाले पाकिस्तानका ब्याट्सम्यान शाहजिब खानतर्फ फ्याँकेका थिए । बलले उनको हातमा लागेको थियो ।

आईसीसीका अनुसार भण्डारीले आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ लाई तोडेको पाइएको छ । यस अनुसार कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाउँदैन ।

कारबाही स्वरूप आईसीसीले भण्डारीको अनुशासनको रेकर्डमा एक ‘डिमेरिट प्वाइन्ट’ थप गरेको छ । भण्डारीले आफूले गल्ती गरेको र आईसीसीका म्याच रेफ्री ग्रेम ल्याब्रोईद्वारा प्रस्तावित कारबाही स्वीकार गरिसकेकाले यसबारे थप सुनुवाइ आवश्यक नरहेको आईसीसीले जनाएको छ ।

लेभल १ को नियम तोड्दा खेलाडीको म्याच फिको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई अङ्क डिमेरिट प्वाइन्ट दिइन्छ ।

  • साझा परिवेश
  • शनिबार, माघ १३, २०८० 0९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट