sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चक्रपथभित्र २० सिटसम्मका गाडीलाई मात्र अनुमति

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १८:१९
चक्रपथभित्र २० सिटसम्मका गाडीलाई मात्र अनुमति

काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनीबसहरुलाई मुख्य शहरी क्षेत्र (चक्रपथ)भित्र बाटो इजाजत नदिन सिफारिस गरेको छ ।

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको प्रतिवेदनले बाटोको आकार तथा बाटोमा पर्ने शहरी क्षेत्रको प्रकृतिअनुसार चल्न उपयुक्त प्रकारको सवारीलाई मात्र बाटो इजाजत दिन सिफारिस गरेको हो । कार्यदलले साँघुरा सडकहरुमा ठूला सवारीलाई र ठूला सडकहरुमा साना सवारीलाई बाटो इजाजत नदिन पनि कार्यदलले सुझाव दिएको छ । कार्यादलले दुई पांग्रे निजी सवारीलाई समेत सार्वजनिक प्रयोजनमा दर्ता हुने कानुन व्यवस्था गर्न र नियमन गरेर सञ्चालन गर्ने अनुमति दिन समेत सिफारिस गरेको हो ।

यसो भएमा पठाओ, इन्ड्राइभजस्ता सेवा वैध बन्नेछन् । कार्यदलले शहरी क्षेत्रमा सार्वजनिक यातायात व्यवस्थापन गर्न विभिन्न सुझावहरु दिएको छ । सार्वजनिक यातायात सञ्जाललाई मानव आवादी भएका सबै क्षेत्र समेट्ने गरी विस्तार गर्न आवादीको घनत्व तथा सेवाको माग विश्लेषण गरी सबै क्षेत्रलाई उपत्यकाव्यापी यातायात सञ्जालमा आबद्ध गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । शहरी सार्वजनिक यातायातमा प्रयोग हुने सवारीको बनोट, सुरक्षा पक्ष तथा सवारीहरुमा हनु पर्ने न्यूनतम सुविधा सम्बन्धी मापदण्ड तोकी लागू गराउनुपर्ने सुझाव कार्यदलले दिएको छ ।

विद्युतीय वालेट, क्युआर कोड, सञ्चित मूल्य यात्रा कार्ड लगायत भौतिक मुद्रारहित माध्यमबाट समेत भाडा भुक्तानी गर्न मिल्ने प्रणली निर्माण गरी सञ्चालन गर्न पनि प्रतिवेदनले सिफारिस गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid