August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रीय सभा निर्वाचनको मतपरिणाम आजै आउछ : निर्वाचन आयोग

  • साझा परिवेश
  • बिहिबार, माघ ११, २०८० १५:४५
राष्ट्रीय सभा निर्वाचनको मतपरिणाम आजै आउछ : निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले भने,‘मतगणना सम्पन्न गर्ने आयोगको लक्ष्य आजै साँझ ७ बजेसम्म तय गरेका छौँ । ७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । मतगणना स्थलमा पनि छिटो गणना सम्पन्न गर्छौ भनेका छन् । ७ बजे भनेपनि ढिलोमा साढे ७ होला तर भोलि हुँदैन ।’

राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, माघ ११, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट