July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १४:३३
निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावमा आचारसंहिता विपरीत गतिविधि र क्रियाकलाप भएमा तत्काल कारबाही गर्ने जनाएको छ । आयोगले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेको पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा हुने उपचुनावका लागि आयोगले गएको चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा टिकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको बताए ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन नपाइने व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ५, २०८१ १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?