May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पशुपतिनगर भन्सारमा राजस्व सङ्कलनमा वृद्धि

  • साझा परिवेश
  • शनिबार, माघ १३, २०८० 0९:२८
पशुपतिनगर भन्सारमा राजस्व सङ्कलनमा वृद्धि

इलाम । नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०-८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरिएको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो ।

आव २०७७-०७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख सुब्बाले जानकारी दिए । यसैगरी आव २०७८-७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । सुब्बाका अनुसार, २०७९-८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व सङ्कलन गरियो ।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताए । पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् । “हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ ।” आचार्यले भने ।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिए । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए ।

  • साझा परिवेश
  • शनिबार, माघ १३, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट