sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि ….

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० 0८:0४
झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि ….

‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाईँलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा कसलाई आश्चर्य नलाग्ला र ?यस्तै घटना झापा मेचीनगरमा भएको छ ।

मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरूले सार्वजनिक रूपमै सांसदलाई खोजेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरूले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका हुन् ।

शनिवार बिहान स्थानीय युवाहरूले निर्माणाधीन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर विरोध जनाएका छन् । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेट अभावका कारण निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरू समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले स्थानीय युवाहरूले दबाब मूलक कार्यक्रम गरेका हुन् ।

झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्माले उक्त पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उनी बेखबर जस्तो भए पछि सांसद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीको भनाई छ ।

ज्यामिरगढीका युवाहरूको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखेर प्रदर्शन गरेका हुन् ।

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० 0८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid