May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि ….

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० 0८:0४
झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि ….

‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाईँलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा कसलाई आश्चर्य नलाग्ला र ?यस्तै घटना झापा मेचीनगरमा भएको छ ।

मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरूले सार्वजनिक रूपमै सांसदलाई खोजेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरूले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका हुन् ।

शनिवार बिहान स्थानीय युवाहरूले निर्माणाधीन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर विरोध जनाएका छन् । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेट अभावका कारण निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरू समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले स्थानीय युवाहरूले दबाब मूलक कार्यक्रम गरेका हुन् ।

झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्माले उक्त पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उनी बेखबर जस्तो भए पछि सांसद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीको भनाई छ ।

ज्यामिरगढीका युवाहरूको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखेर प्रदर्शन गरेका हुन् ।

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० 0८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।