May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चन्दा चौधरी : हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा किन राखेको ?

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:३0
चन्दा चौधरी : हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा किन राखेको ?
  • नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएकोमा चन्दा चौधरीको असन्तुष्टि
  • कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरियो 
  • हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि किन जेलमा राख्ने ?

काठमाडौं ।।

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमाण पुग्दा पनि कारवाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् ।

‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रो कांग्रेसका नेताहरूमाथि कारवाही हुने, अरूको प्रमाणसहित हुँदा पनि दूधले धोएर, चोख्याएर घरमा राख्ने ? ,’ सांसद चौधरीले प्रश्न गरिन्, ‘हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा राख्ने ? ’

उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको तर कांग्रेसको माननीयलाई मात्रै कारबाही भएको बताइन् । ‘हामीले यो कारबाही नगर्ने भनेको होइन । तर, फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारबाही होस्,’ उनले भनिन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।