May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १0:३७
नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

थप तीन हप्ता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अब अन्तिम पटकका लागि तीन हप्ता सडक बन्द गरेर काम गर्न लागिएको हो । यसअघि गएको पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको थियो । त्यतिबेला तीन हप्ता भनेर काम थाले पनि नसकिएपछि अर्को तीन हप्ता थप भएको थियो ।

दोस्रोपटक थपिएको तीन हप्ताको म्याद भोलि सकिँदैछ । यस अवधिमा पनि काम नसकिएपछि फेरि अर्को तीन हप्ता दिउँसो चार घण्टा ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो । काठमाण्डौ बाहिरिने र भित्रिने मुख्य मार्गको रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।